मोरङको लेटाङमा नेपाल बंगलादेश बैंककोे विस्तारित सेवा केन्द्र

काठमाडौं । नेपाल वंगलादेश वैंकले मोरङ जिल्लाको लेटाङ नगरपालिकास्थित वुधवारे वजारमा आफ्नो ८ औ विस्तारित सेवा केन्द्रको औपचारीक शुभारम्भ गरेको छ ।

वुधवारे वजार लेटाङ नगरपालीको वाड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागी केन्द्रको रुपमा स्थापित भई वैंकिङ पहुचवाट टाढा रहेको अवस्थामा लेटाङ नगरपालीको अनुरोधका साथै ग्रमिण भेगमा वित्तिय पहुँच पु¥याइ हरेक नेपालीको एक वैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउ पु¥याउने उदेश्यका साथ एक औपचारीक कार्यक्रमका विच वैकले आफ्नो सेवा केन्द्र संचालनमा ल्याएको हो । उक्त विस्तारित सेवा केन्द्रको सुभारम्भ प्रदेश नम्वर १, मोरङ ख का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका हुन् ।

यस बिस्तारित सेवा बाट यस भेगमा छरिएर रहेको पुँजिलाई एककिृत गर्न सघाउ पुग्नका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै वैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोवारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारवाट बैंकिङ प्रणाली मार्फत प्राप्तहुने सम्पुर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलवि खाता संचालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

footwear zone

“सवैका लागी वैंक” भन्ने मुल उदेश्य राखि स्थापनाको २७ औ वर्ष पुरा गरेको नेपाल वंगलादेश बैकले आफ्ना ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएम बाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.