काठमाडौं । इ कमर्स अल्टिमो डिल अनलाइन सपिङले भाग्यशाली बिजेतालाई आइफोन १२ पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गरेको थियो । जुलाई ३० मा पुरस्कार वितरण गरिने अल्टिमो डिलका कोअर्डिनेटर आकाश घिमिरेले आर्थिक आवाजलाई जानकारी दिए ।
एक महिना अघि अभियान शुरु भएको हो । कम्पनीले आइफोन १२ सँगै ५ जना भाग्यशाली सहभागीलाई सपिङ भौचरका आधारमा बम्पर उपहार प्रदान गर्ने पनि घोषणा गरेको छ । अभियानमा २९ जुलाईसम्म सहभागिता जनाउन सकिने बताइएको छ ।
कम्पनीले खाद्यान्न तथा अत्यावश्यक सामानसँगै लत्ताकपडा, मोबाइल, कम्प्युटर, ल्यापटप, पुस्तक, फर्निचर लगायत दैनिक उपभोग्य तथा घरायसी सामानहरु घरघरमा डेलिभरी सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक मनिस घिमिरेले जानकारी दिए ।

खल्ती, कनेक्ट आइपिएस, फोन पेबाट उपभोक्ताले रकम भुक्तानी गर्न सक्छन् । सन् २०१७ बाट शुरु भएको कम्पनीले १८ जिल्लामा सेवा विस्तार गरिसकेको छ । अल्टिमो डिलको अनलाइन www.ultimodeal.com.np बाट ग्राहकले सामान अर्डर गर्न सक्छन् ।





Comments are closed.