२ हजार २३७ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३७ सङ्क्रमित थपिएका छन् भने दुई हजार ५० जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १० हजार ५६९ लाई पिसीआर र तीन हजार २६५ को एन्टिजिन विधिबाट गरी जम्मा १३ हजार ८३४ जनामा भएको परीक्षणमा सो संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नै १८ को कोभिडका कारण मृत्यु भएको छ । हाल मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रूपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका छन् । २६ जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २०० भन्दा बढी रहेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा पाँच हजार ६१६, ललितपुर एक हजार ८९ र भक्तपुरमा ९१० सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म देशभरमा गरी ३५ लाख ३९ हजार ८३ जनाको पिसीआर र दुई लाख ८९ हजार ७२९ को एन्टिजेन विधिबाट परीक्षण भएको छ । अहिलेसम्म पिसीआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ छ लाख ८० हजार ५५६ देखिएका छन् । हालसम्म सङ्क्रमितमध्ये छ लाख ४३ हजार ६१५ लाई निको भएको छ । संक्रमितमध्ये निको हुने दर ९४ दशमलव छ प्रतिशत रहेको छ । हालसम्म नौ हजार ७१३ को मृत्यु भएको छ ।

footwear zone

कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ३३ लाख ८३ हजार ३८ रहेको छ भने पूर्ण मात्राको खोप लगाउनेको सङ्ख्या १३ लाख ९८ हजार १७८ रहेको छ । संक्रमितमध्ये पुरुष ६० दशमलव ३३ प्रतिशत र महिला ३९ दशमलव ६७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.