पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएन (वाडा)को टोलीले गण्डकी प्रदेश भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
नवनियुक्त मन्त्री खड्कालाई बधाई तथा शुभकामना ज्ञापन गर्दै एसोसिएसनको टोलीले अटोमोबाइल व्यवसायलाई व्यवस्थित गर्न र व्यवसायीहरुका समस्या समाधान गर्नतर्फ सरकारको ध्यान दिन आग्रह गरेको छ ।
उक्त अवसरमा बोल्दै एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै अटोमोबाइल व्यवसायीका समस्या समाधानमा ध्यान दिन सरकारले चासो दिनुपर्ने धारणा राखे । अटो व्यवसायलाई सरकारले प्राथमिकतामा राख्ने मन्त्री खड्काले बताए ।

टोलीमा एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्रकुमार बाटाजू, पूर्व अध्यक्ष शम्भुलाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।





Comments are closed.