सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा याङ्ग्री लार्के सरोकार समितिले आर्थिक सहयोग प्रदान गरेको छ ।
याङ्ग्री लार्के अर्थात् इन्द्रावती नदीबाट प्रभावित साविकका १० गाविस हाल पाँचपोखरी थाङ्पालका वडा नं १ देखी ८ तथा मेलम्ची नगरपालिका– ९ र १० मा कार्यक्षेत्र रहेको समितिका तर्फबाट रु २८ लाख ८० हजार सहयोगको चेक प्रदान गरिएको समितिका सहसचिव भीमसेन खनालले जानकारी दिए ।
उक्त चेक आइतबार समितिका पदाधिकारीद्वारा गाउँपालिका अध्यक्ष टासी लामालाई हस्तान्तरण गरिएको हो । चेक समितिका उपाध्यक्ष भीमबहादुर गुरुङ र सूर्यबहादुर अधिकारीका साथै समितिका सदस्य तथा सल्लाहकारको रोहबरमा प्रदान गरिएको थियो । रकम विपद् व्यवस्थापन कोषमा रहने गरी बाढी पहिराबाट क्षति भएकाका लागि खर्च गरिने अध्यक्ष लामाले बताए ।

पाँचपोखरी थाङ्पालको याङ्ग्री, टासिवा, सुनचौर, मैखर्कमा यस वर्ष बाढीपहिराले जनजीवन प्रभावित बनाएको थियो । बाढीले स्वास्थ्य क्लिनिक भवन, याङ्ग्री एकेडेमी स्कुलको भवन, पुललगायतका संरचनामा क्षति पु¥याएको थियो ।




Comments are closed.