बैंकिङ कसुरमा फरार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु १३ लाख ७० हजार जरिवाना भएपछि फरार रहेका एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ७० हजार जरिवाना गरेपछि फरार रहेका तनहुँ व्यास नगरपालिका–९ का ४५ वर्षीया शोभा गुरुङलाई सोमबार ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ चैत ३० गतेको फैसलापछि १४ दिन कैद र बिगो बमोजिम रु १३ लाख ७० हजार जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।

footwear zone

पक्राउ परेकी गुरुङले आफ्नो सानिमा विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।

पक्राउ परेकी गुरुङलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

You might also like

Comments are closed.