नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी, यस्ता छन् मापदण्ड

काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले  सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो ।

सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिकको आवेदन खुला गरेको छ । सूचनामा ३ सय पुरुष र ७ सय महिला कामदारले रोजगारीको अवसर पाउने र तिनका लागि मासिक तलव ५ हजार ३ सय एनआईएस (रु एक लाख ९३ हजार) तोकिएको र तलब सातामा ४२ घण्टाको हिसाबमा प्रदान गरिने जनाइएको छ । सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय कामदार पठाउने समझदारी गरेको थियो ।

इजरायल जाने कामदारले खानाको प्रबन्ध आफैँले मिलाउनुपर्ने तर बस्ने प्रबन्ध भने रोजगारदाताले नै उपलब्ध गराउने भएको छ । रोजगारीमा जाने करार अवधि एक वर्षको हुने भए पनि करार थपेर पाँच वर्षसम्म बस्न पाइने जनाइएको छ ।

footwear zone

आवेदनको मापदण्ड
रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । आवेदकको उचाइ कम्तीमा एक दशमल पाँच मिटर र ४५ किलो तौल भएको भएको हुनुपर्ने, कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी तालिम लिएको हुनुपर्ने वा १० जोड दुई सरह उत्रिर्ण गरी मान्यताप्राप्त तालीम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिना तालीम लिएको हुनुपर्ने जनाइएको छ ।

आवेदन दिनेहरु विगतमा इजरालयलमा गई काम नगरेको र तिनका बुबाआमा, पतिपत्नी वा छोराछोरी त्यहाँ बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।

You might also like

Comments are closed.