हर्बल उत्पादनमा लाग्दै आएको अन्तशुल्क हटाउन व्यवसायीको माग

काठमाडौं । नेपाल हब्स तथा हर्बल उत्पादक संघ र नेपाल केन्द्रीय जडिबुटी तथा सहकारी महासंघको टोलीले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी छलफल तथा अन्तरक्रिया गरेको छ । साना तथा मझौला उद्योगले भोग्नु परेका समस्या लगायत विषयमा सो अवसरमा छलफल भएको थियो ।

नेपाल हब्स तथा हर्बल उत्पादक संघका अध्यक्ष प्रेमराज तिवारी, केन्द्रीय जडिबुटी तथा सहकारी महासंघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे, नेपाल हब्स तथा हर्बल उत्पादक संघका कार्यकारी सदस्य सोभाकान्त बस्याल, सञ्जिव पाण्डे लगायतको टोलीले मन्त्री शर्मासँग छलफल गरेको हो ।

नेपालमा उत्पादन भएका हर्बल प्रडक्टमा लाग्दै आएको अन्तशुल्क हटाउन व्यवसायीहरुले माग गरेको छ । नवनियुक्त मन्त्री शर्माले उक्त अवसरमा बोल्दै व्यवसायीका समस्याहरु समाधान गर्न आफ्नो तर्फबाट पहल गर्ने बताए ।

footwear zone

You might also like

Comments are closed.