रोयल इन्फिल्डको क्रुजर सेरिजका ३ वटा मोटरसाइकल नेपाली बजारमा

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलका नयाँ मोडलहरु नेपाली बजारमा सार्वजनिक भएका छन् । रोयल इन्फिल्डका लागि नेपालको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रा.लि.ले नयाँ मोडल बुधबार सार्वजनिक गरेको हो ।

रोयल इन्फिल्डको क्रुजर सेरिज अन्तर्गत meteor 350cc सार्वजनिक गरिएको हो । meteor 350cc अन्तर्गत फायर बल, स्टेलर र सुपरनोभा गरी ३ भेरियन्टमा मोटरसाइकल नेपाली बजारमा उपलब्ध भएका छन् । फायर बल २, स्टेलर ३ र सुपरनोभा ३ कलरमा उपलब्ध रहेको पि.आर. हेड बिमला थापाले जानकारी दिइन् ।

क्रुजर सेरिजको यो मोटरसाइकलमा जे-सेरिजको Air-oil cooled, SOHC इन्जिन छ । ‘इन्धनको कार्यकुशलताको लागि इलेक्ट्रिोनिक फ्युल इन्जेक्सन भएको यस मोटरसाइकलमा थप सुरक्षाका लागि ड्युअल च्यानल एबिएस पनि राखिएको छ,’ थापाले भनिन्, ‘टर्न टु टर्न नेभिगेसनको लागि गुगलसँगको साझेदारीमा बनाइएको ट्रिपर पोड र मोबाइल फोन चार्ज गर्न युएसबी चार्जिङ पोर्ट पनि समावेश गरिएको छ ।’

footwear zone

फायर बलको मूल्य ६ लाख, स्टेलरको मूल्य ६ लाख १७ हजार र सुपरनोभाको मूल्य ६ लाख ४५ हजार रुपैयाँ कायम गरिएको छ । रोयल इन्फिल्डका देशभर रहेका १९ वटै शाखा तथा डिलरमा यो मोटरसाइकलको बुकिङ तथा बिक्री सुरु भएको कम्पनीले जनाएको छ । रोयल इन्फिल्ड मोटरसाइकल नेपाली बजारमा युवाहरु माझ बढी लोकप्रिय छ ।

You might also like

Comments are closed.