काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ८८६ पिसिआर परीक्षणमा दुई हाजार ६३४ र चार हजार ९२२ एन्टिजेन परीक्षणमा एक हजार २०६ जना गरी जम्मा तीन हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या छ लाख ८८ हजार ३०७ पुगेको छ । एन्टिजेन परीक्षणमा सक्रमित हुनेको सङ्ख्या ५८ हजार ३५० रहेको छ । पछिल्लो समय थप एक हजार ९९३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख ४९ हजार ७२ पुगेको छ । निको हुने दर ९४ दशमलव ३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा २६ हजार ६५२ जना होम आइसोलेशन तथा दुई हजार ७९२ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ६११ जना आइसीयु र १६८ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको सङ्ख्या २९ हजार ४४४ जना रहेको छ ।
थप ३३ को मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ७९१ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ भने मृत्यु दर १।५ प्रतिशत रहेको छ ।
काठमाडौँ उपत्यकामा ८ सय बढी संक्रमित
पछिल्लो समय काठमाडौंमा सबैभन्दा धेरै ५५९, ललितपुरमा २०६, भक्तपुरमा ९४, कास्कीमा ३१६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५ र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्ममा १५ लाख तीन हजार ३१२ ले पूर्ण खोप लगाएका छन् भने ३५ लाख ४४ हजार ४३ ले पहिलो मात्रा लागाएका छन् ।




Comments are closed.