माछापुच्छ्रे बैंक लिमिटेडद्वारा काठमाडौंमा वृक्षरोपण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शुक्रबार काठमाडौंको वडा नं. ३ को मूल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवरीसम्म वृक्षरोपण गरेको हो उक्त अवसरमा सय वटा बिरुवा रोपिएको बैंकले जनाएको छ ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष दिपक के.सी.ले वृक्षरोपण गरी कार्यक्रमको सुरुवात गरेका थिए ।

footwear zone

You might also like

Comments are closed.