पोखरा । रिजनल हस्पिटल पोखराले अनलाइनबाटै अपोइन्टमेन्ट तथा शुल्क तिर्न सकिने सेवा सुरु गरेको छ । इसेवा र रिजनल हस्पिटलको सहकार्यमा यो सेवा शुरु गरिएको हो ।
इसेवाले सुरू गरेको ई–अपोइन्टमेन्ट्स मार्फत विरामी अथवा अन्य सर्वसाधारणले इसेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक तथा शुल्क तिर्न सक्ने ईसेवाका गण्डकी प्रदेश प्रमुख बिनोद बोहोराले बताए ।
यो सेवाको सुरूवातले अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउने कम्पनीको दाबी छ । कोभिड–१९ को महामारीले उत्पन्न विषम परिस्थितिमा जोखिम न्यूनीकरणका लागि आम जनताले आफ्नो घरबाटै चाहेको चिकित्सक पत्ता लगाई अपोइन्टमेन्ट बुक गर्न सक्ने रिजनल हस्पिटलका व्यवस्थापक अर्जुन प्रसाद शर्माले जानकारी दिए ।

कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ई-अपोइन्टमेन्ट्स एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत् विरामी अथवा अन्य सर्वसाधारणले इसेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक तथा शुल्क तिर्न सक्नेछन् ।




Comments are closed.