गोर्खाज फाइनान्सको २५औं शाखा हेटौंडामा

हेटौंडा । गोर्खाज फाइनान्स लिमिटेडले सेवा विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा शुक्रबार फाइनान्सले वागमती प्रदेशको राजधानी हेटौंडामा २५औं शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सका अध्यक्ष यादवचन्द्र राई र उद्योगी तथा व्यवसायी अरुण सुमार्गीले शाखाको उद्घाटन गरेका हुन् ।

प्रदेशको राजधानी हेटौंडा तथा आसपासका सेवाग्राहीलाई सहज तथा सरल वित्तीय सेवा प्रदान गर्न शाखाले योगदान पुर्याउने अध्यक्ष राईले बताए । सेवाग्राहीको विश्वास जित्दै उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन उद्योगी सुमार्गीले सुझाव दिए । शाखाबाट फाइनान्सले कृषि, व्यवसाय तथा उत्पादनमुलक लगायतका क्षेत्रमा सहुलियत ब्याजदरमा कर्जा लगानी गर्ने प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले बताए ।

यस अगाडि साउन ११ गते फाइनान्सले प्रदेश १ को उदयपुरस्थित बेल्टारमा २४औं शाखा स्थापना गरेको थियो । राष्ट्रियस्तरको गोर्खाज फाइनान्सको चुक्ता पुँजी ८७ करोड रुपैयाँ छ । फाइनान्सले ६ अर्ब ३ करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ भने ८ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्न सफल भएको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

footwear zone

आगामी दिनमा थप शाखा विस्तार गर्ने तयारीमा फाइनान्स रहेको बताइएको छ ।

 

 

You might also like

Comments are closed.