कोरोना संक्रमित बढ्दै

उदयपुर । जिल्लामा साउनको दोस्रो हप्तामा कोरोना संक्रमितको सङ्ख्या घटेर दुई सय पाँचमा झरेकामा तेस्रो हप्तामा आइपुग्दा ह्वात्तै बढेर ३१५ पुगेको छ । एक हप्ताका बीचमा संक्रमित एक सयभन्दा बढी भएका छन् ।

स्थानीय तहमध्ये सबैभन्दा बढी संक्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताए । लिम्चुङ्बुङ र ताप्ली गाउँपालिकामा पनि संक्रमित बढिरहेको उनको भनाइ थियो ।

घटेर शून्यको अबस्थामा झरिसकेको संक्रमण एक हप्तामै पुनः तीव्ररूपमा बृद्धि हुन थालेकाले त्रियुगा–२को खैजनपुर गाउँ शिल गरिएको छ, जहाँ १५ संक्रमित छन् ।

footwear zone

मालपोत कार्यलय, त्रियुगा र गाइघाटस्थित सिभिल बैङ्कका कर्मचारीमा समेत संक्रमण देखिएकामा मालपोत भने एक हप्ताको लागि बन्द गरिएको छ । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ४३ पुगेकामा ३१५ उपचारत छन् भने ५२ को मृत्यु भएको छ ।

You might also like

Comments are closed.