फस्टाउँदै माछापालन    

कलैया । बारा कोल्हवी नगरपालिका वडा नं ५ माछा गाउँका मत्स्यपालक किसानले वर्षेनि १५ हजार मेट्रिक टन खाने माछा उत्पादन गर्ने गरेका छन् ।

करिब तीनदशकदेखि सो गाउँमा विष्णुबहादुर थापाले ५, ६ वटा पोखरी सञ्चालन गरी राम्रो आम्दानी गर्ने गरेको देखेर गाउँका अरुले पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछा पाल्दै आए । पछि एक घर, एक पोखरी निर्माण गरी गाउँलेले माछा उत्पादन गर्न थालेपछि कृषि विकास कार्यालयले नै बोधवनलाई माछा गाउँको नामाकरण गरेको नेपाल माछा व्यवसायी सङ्घका पूर्व अध्यक्ष जङगबहादुर साहले जानकारी दिए ।

हाल सो गाउँका करिब ३०० घरपरिवारले करिब ६०० पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछापालन गर्दे आएका कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए । माछा उत्पादनसँगै गाउँको उन्नती र जीवनस्तरमा सुधार आएको सङ्घका पूर्व अध्यक्ष साहले जानकारी दिए ।

footwear zone

माछाको वर्षेभरिको आम्दानीबाट किसानले धान, गहँु, मकैलगायत अन्य खाद्यान्न खरिद गरी जीवनयापन गर्ने गरेका छन् । बारामा करिब चार हजार ७०० परिवारले माछा पोखरीमा माछा व्यवसाय गर्दै जिल्लाभरीमा वर्षेनि करिब ५६ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेकोमा उत्पादित माछा पोखरा, विराटनगर, काठमाडौं, चितवनलगायतका ठाउँमा बिक्री वितरण गर्ने गेरेका छन् ।

 

You might also like

Comments are closed.