काठमाडौं । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा दोहोरो लगानी गरेका भए त्यस्तालाई एक आपसमा गाभिन प्रेरित गर्ने भएको छ । एउटै व्यावसायिक घरानाले लगानी गरेका भए त्यस्ता संस्था एक आपसमा गाभिनुपर्नेछ । दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्था २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनुपर्ने व्यवस्था गरिने भएको छ ।
लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच समेत एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भएमा खुद्रा कारोबार गर्ने संस्थाको रूपमा काम गर्न सक्ने व्यवस्था नीतिले गरेको छ ।
विषयगत सहकारी संस्थाका समूह सदस्यमार्फत सामूहिक खेती तथा पशुपंक्षी पालन गर्ने उद्देश्यले प्रतिसदस्य रु पाँच लाखले ननाघ्ने गरी त्यस्ता सहकारी संस्थालाई वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइएको छ ।

लघुवित्त संस्थाले वाणिज्य बैंकको वित्तीय प्रतिनिधिको रूपमा कार्य गर्न सक्नेसम्बन्धी आवश्यक अध्ययन गर्ने केन्द्रीय बैंकको नीति छ । त्यस्तै, राष्ट्रियस्तरका लघुवित्त संस्थाले नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ ।




Comments are closed.