अधिकांश फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री

भक्तपुर । भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार भएको अनुगमनमा म्याद कटेका औषधि बिक्रीका लागि राखिएको, फार्मेसी नपढेका र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति व्यक्तिले औषधि बिक्री गरेको, केही पसल दर्तानै नगरी सञ्चालन गरेको र प्यान बिलसमेत नरहेको पाइएको बताए ।

नगरपालिकाले आयान फार्मेसी, हेलो जनस्वास्थ्य फर्माले दर्ता नगरेको, औषधि बिक्री गरेकाले दर्ता गर्न र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ । हेलोमा म्याद नाघेको औषधि र निःशुल्क पाइने क्षयरोगको औषधि नौ प्याकेट बिक्रिमा राखेको पाइएकाले नगरपालिकामा स्पष्टीकरण दिन तीन दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ ।

त्यस्तै विनायक फर्मामा फार्मेसिष्ट वा औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति प्राप्त नगरेको तीनजनाले औषधि बिक्री वितरण गरेको पाइएको छ । त्यस्तै म्याद नाघेका कतिपय औषधि जफत गरी नष्ट गरिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

footwear zone

त्यस्तै खोपो फार्मेसी एण्ड क्लिनिक र कमलविनायक फर्मा नविकरण गर्ने र पसल माथिल्लो श्रेणीमा राख्नुपर्ने निर्देशन दिएको छ भने झिगु वास पस फार्मेसीमा व्यवस्थित सञ्चालन गर्न निर्देशन दिइएको छ । सूर्य कोल्ड स्टोरमा म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरिएको छ ।

यस्तै हेल्थ केयर सेन्टर, समृद्धि फार्मेसी, डोेलेश्वर फर्मेसी, अल्फा मेडिकल हल नगरपालिकामा बिना दर्ता सञ्चालन गरेको पाइएको, बिक्रीमा राखेको म्याद नाघेको औषधि जफत गरी नष्ट गरेको, औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास नगरेकालाई औषधि बिक्रीमा राखेको पाइएको छ । रोज डेण्टल केयर प्रालि २०६८ सालदेखि भक्तपुर नगरपालिकामा दर्ता बिना सञ्चालन भएको, प्राइम डेण्टल क्लिनिक सेवा महँगो भएको, सरसफाइ नभएको, न्यातापोल फार्मेसी र दीप फर्मा नवीकरण नगरेको पाइएको छ ।

You might also like

Comments are closed.