काठमाडौं । ग्राहकको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ । आधुनिक बैंकिङ युगको शुरुवात गर्नेतर्फ केन्द्रित हुँदै नबिल क्यास मेसिनले ग्राहकलाई एटिएममार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्नसक्ने सुविधा ल्याएको छ ।
यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा रु. १ हजार, ५ सय र १ सयको नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा ९९ हजार ९ सय रुपैयाँ जम्मा गर्न सकिने बैंकले जनाएको छ । साथै यस मार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सकिनेछ । साथै यसमार्पmत ग्राहकले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्नसक्ने छन् ।
देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ वर्षको बैंकिङ अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।






Comments are closed.