नदिपुरमा बुधबारदेखी हुने क्लबस्तरिय भलिबल प्रतियोगिताको तयारी पुरा

पोखरा, १६ असोज ।

पोखरा भलिबल ट्रेनिङ सेन्टरले “राष्ट्रिय खेलको बिकास, स्वास्थ्यको लागि खेलकुद, नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटनको लागि खेलकुद” भन्ने उद्घोषका साथ आयोजना गर्ने क्लब स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

पोखराको नदिपुर स्थित छन्त्याल समाजको खेल मैदानमा असोज १७ देखी २० गते सम्म सञ्चालन हुने उक्त भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

footwear zone

प्रतियोगितामा पुरुष तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५१ हजार र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३१ हजार प्राप्त कार्यक्रम संयोजक मनोज खड्काले बताए ।

उनका अनुसार महिला तर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र १० हजार हात पार्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा बिधागत रुपमा खेलाडीहरुलाई पुरस्कृत गर्नेछौ, उनले भने “प्रतियोगिता मात्र नभई संस्कृती संरक्षणको लागि हामी बिभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गर्नेछौ ।”

प्रतियोगितामा पुरुष तर्फ अनुमानित २० र महिला तर्फ १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.