काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ३७४ जनामा परीक्षण गर्दा दुई हजार ४३३ जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३८ हजार ३८४ जना रहेका छन् ।
यस्तै संक्रमणमणबाट बिहीबार १ हजार ९२९ जना निको भएका छन् । अहिलेसम्म सात लाख पाँच हजार ८९३ जना निको भइसकेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा २६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६३८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३५८.५ जनाको संक्रमणका कारणले निधन हुने गरेको छ ।
यस्तै ६२० जना सघन उपचार कक्ष, १६५ जना भेन्टिलेटर, ३५ हजार ३५४ जना होम आइसोलेसन, तीन हजार ३० जना संस्थागत आइसोलेसन र ३६६ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा संक्रमणको दर १९.५ प्रतिशत रहेको छ ।




Comments are closed.