‘गण्डकी प्रदेशमा जलविद्युतमा लगानीको राम्रो सम्भावना’

पोखरा । गण्डकी प्रदेशमा जल विद्युत क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको विज्ञ तथा सरोकारवालाहरुले बताएका छन् । स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था (इप्पान) गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरामा भएको अन्तरक्रियामा बोल्दै वक्ताहरुले प्रदेशमा रहेका नदीहरुमा जलविद्युत परियोजनाका राम्रो सम्भावना र लगानीको अवसर रहेको बताए । नदीहरुमा धेरै परियोजना निर्माण भइसकेको, निर्माण हुने क्रममा रहेका र आगामी दिनमा परियोजना अगाडि बढाउने अवसर अझै राम्रो रहेको उनीहरु भनाइ छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देशको समृद्धिका लागि जलविद्युत क्षेत्रमा लगानी बढाउनुपर्ने बताउँदै त्यसका लागि गण्डकी प्रदेश सबैभन्दा राम्रो ठाउँ भएको धारणा राखे । लगानीमैत्री वातावरण बनाउन सरकार तयार रहेको बताउँदै उनले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तथा लगानीकर्ता जगत पोखरेलले जलविद्युत क्षेत्रमा लगानी बढाउन निजी क्षेत्र तयार रहेको बताउँदै राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा राखे । निजी क्षेत्र लगानीका लागि तयार रहेपनि परियोजना सुरु गर्नु अगाडिदेखि सम्पन्न नहुँदासम्म धेरै समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘सरकार, निजी क्षेत्र, स्थानीय सरोकारवाला लगायत सबै मिलेर चुनौति र समस्याको समाधान खोजिनुपर्छ,’ उनले भने ।

footwear zone

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री लगायत सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.