काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्डको कपडा मिसियो खरिद गर्दा ग्राहकले विशेष उपहार पाउने भएका छन् । ५ हजार रुपैयाँ र ७ हजार रुपैयाँ भन्दा बढीको सपिङ गर्दा ग्राहकले एसोसिएट ब्राण्डको टिसर्ट उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
मिसियोको शोरुम नयाँ बानेश्वर र सिभिल मल दुवै ठाउँबाट यो अफर लागु हुनेछ । ग्राहकको हितलाई मध्यनजर गरी कम्पनीले यो अफर ल्याएको हो ।
चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदैछ । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । राम्रो ब्राण्ड भएकाले मिसियोप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीले भनाइ छ ।






Comments are closed.