वि.सं. २०७५ साल भाद्र १४ गतेका दिन, मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लि.ले सफलतापूर्वक तेश्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको छ । यसै सन्दर्भमा देशभर रहेका कृषि व्यवसायिहरु, कृषकहरु, आम उपभोक्ता, युवाहरु र सम्बन्धित सवै सरोकारवालाहरु एक आपसमा प्राविधिक तथा व्यवसायिक साझेदारी गरी देशको समग्र कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सहकार्य गर्ने अभिप्राय कम्पनीको छ ।
देशको कृषि अर्थतन्त्रमा टेवा पुर्याउनको लागि कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्ने उद्देश्य कम्पनीको रहेको बताइएको छ । विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना काल देखि विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ भन्ने कुरामा कम्पनीले सहजीकरण गर्दै आइरहेको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए ।
कम्पनीले कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दै आफ्नो स्थापना काल देखिनै, देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लािग सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दै आइरहेको बताइएको छ ।

हालसम्म कम्पनीले १५ वटा भन्दा बढि जिल्लाहरुमा आधिकारीक व्यवसायिक साझेदार निर्माण गरी ५० वटा भन्दा बढि जिल्लाका कृषकहरुलाई गुणस्तरीय सेवा विस्तार गरेको छ । संगसंगै कृषकहरुलाई समयानुकुलका आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिम लगायतका अभियानहरु संचालन गर्दै आएको छ । जसको फलस्वरुप तेश्रो वार्षिक उत्सवको अवसरमा आ.व. २०७७÷०७८ मा उत्कृष्ठ व्यवसायिक साझेदार गर्ने विभिन्न कम्पनी÷फर्म÷कृषक समुहहरुलाई पुरस्कृत गरेको छ । जसअन्तरगत गणपति एग्रिकल्चर प्रा.लि., धादिङ लाई वर्ष उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार, जय किसान एग्रो मार्ट एण्ड मेसिनरी, कपिलवस्तुलाई उदाउँदो व्यवसायि पुरस्कार, तमोर कृषि भण्डार, झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भिउ टावर तरकारी पकेट, काठमाडांैलाई उत्कृष्ट कृषक समुह पुरस्कारबाट सम्मानित गरीएको छ । साथै कम्पनीको सेवामा रहि उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीहरु कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र सन्दिप रिजाल, दिपेश थापा र हेमराज ढकाललाई विभिन्न विधामा पुरस्कृत गरी थप हौसला प्रदान गरेको कम्पनीले जनाएको छ ।
यसै सन्दर्भमा उत्कृष्ठ व्यवसायिक साझेदारी गरी पुरस्कृत भएका कृषि व्यवसायिहरुले मुक्तिनाथ कृषि कम्पनीले प्रवाह गरेको गुणस्तरीय वस्तु तथा सेवाहरु कृषकहरु समक्ष पुर्याउँदा, कृषकहरु त्यसको प्रतिफलबाट निकै खुशि रहेको प्रतिक्रिया दिदै आगामी दिनमा वस्तु तथा सेवाहरुको दायरा अझ फराकिलो बनाउन सुझावहरु सहित व्यवसायिक साझेदारीलाई अझै मजबुत बनाई अगाडि बढ्न हौसला प्रदान गरेका छन् ।
चौथो वर्ष प्रवेश गर्दै गर्दा कम्पनीले गरेका असल कार्यहरुलाई निरन्तरता दिँदै, यसै वर्षदेखि देशभरी नै व्यवसाय विस्तार गर्नको लागि स्थानिय कम्पनी÷फर्म÷एग्रोभेट÷कृषक समुह÷सहकारीहरुसंग संस्थागत सहकार्य गर्दे कृषकहरुलाई आवश्यक उत्पादनका साधन, प्रविधि, पुँजि र कृषि उपजहरुको बजारीकरणलाई व्यवस्थित गरी आम उपभोक्तालाई सहज, सरल र सुरक्षित खाद्य वस्तुहरु उपलब्ध गराउने दिशामा कम्पनी अग्रपंक्तिमा रहि काम गर्ने विश्वास कम्पनीले दिलाएको छ ।
कम्पनीले यसै वर्ष पाँच वर्षे रणनैतिक योजना निर्माण गरेको र सोहि अनुसार कृषि मुल्य श्रृङखलामा व्यवस्थापकिय काम गर्दै पाँच वर्षमा कम्पनीलाई कृषि श्रोत केन्द्रको रुपमा स्थापना गर्ने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तवले जानकारी दिए ।
साथै तेश्रो वार्षिक उत्सवमा उपस्थित संचालक समितिका सदस्यहरु, मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, सम्पूर्ण कर्मचारी, विभिन्न जिल्लाहरुबाट उपस्थित व्यवसायिक साझेदार, पत्रकार लगायतलाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।




Comments are closed.