दोहोरी सांझ सञ्चालनको माग गर्दै व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए चावी

पोखरा । रात्रीकालिन व्यवसाय सञ्चालनको माग गर्दै पोखराका दोहोरी सांझ, रेष्टुरेण्ट व्यवसायीहरुले कास्की प्रशासनलाई चाबी बुझाएका छन् । कोरोना महामारीका कारण मुुलुकमा निशेधाज्ञा खुकुलो भएतापनि आफुहरुको व्यवशाय सञ्चालनमा प्रशासनले रोक लगाएपछि समस्या उत्पन्न भएको भन्दै व्यवसायीले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई चावी बुझाएका हुन ।

चावी बुझाउदै पोखरा दोहोरी सांझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले अन्य व्यवसाय खुलेपनि रात्रीकालिन व्यवसाय सञ्चालनमा आउन नसक्दा आफुहरु निकै मारमा परेको वताए । सार्वजनिक यातायात, दिवा रेष्टुरेन्ट र अन्य व्यवसाय संचालन भइरहँदा दोहोरी साँझ संचालन हुन नपाउदा व्यवसायी संगै दैनिक जीवन चलाउने कलाकारहरु समेत मारमा परेको उनको भनाइ थियो ।
निषेधाज्ञा खुकुलो भएसंगै अन्य व्यवसाय सञ्चालनमा आइसक्दा रात्रीकालीन व्यवसायलाई नै मुख्य निगरानीमा राख्नु राज्यको रात्रिकालीन व्यवसायलाई गर्ने व्यवहारनै नकारात्मक रहेकाले सरकारको ध्यानाकर्षण गराउन आफुहरुले व्यवसाय बन्द गरी चाबी हस्तान्तरण गर्न बाध्य भएको समेत गुरुङले वताए ।

संघका महासचिव चोलेन्द्र पौडेलले सम्पूर्ण क्षेत्रमा कोरोना खोप पुगिसक्दा अझैपनि दोहोरी व्यवसायमा आवद्ध सञ्चालक र कर्मचारीहरुले खोप नपाउनु दुखद रहेको वताए । यथासक्य छिटो खोपको ब्यवस्था गर्न समेत उनले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण समेत गराए ।

footwear zone

सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायीहरुको मर्कालाई सम्बोधन गर्न आफ्नो र प्रशासनको तर्फबाट पहलकदमी थाल्ने वताए । रात्रीकालीन व्यवसायको वारेमा आफुले आगामी बैठकमा कुरा राख्ने वताउदै प्रमुख जिल्ला अधिकारी गौतमले कास्कीमा आफुहरुले सोचेजस्तो खोपको पूर्ती गर्न नसकिएको वताउदै हाल अत्यावश्यक क्षेत्रमा काम गरिरहेकोहरुलाई मात्र खोप दिइएको वताए ।

You might also like

Comments are closed.