क्यान महासंघ कास्कीद्वारा सूचना प्रविधि सम्बन्धी अवधारणा पत्र पेश

पोखरा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्की शाखाले १३ औं वार्षिक उत्सवको अवसरमा कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दु कुमार थापालाई सूचना प्रविधि सम्बन्धी संस्थागत अवधारणा पत्र पेश गरेको छ । गण्डकी प्रदेशमा सूचना, सञ्चार तथा प्रविधिको विकास, प्रवद्र्धन र नियमन गर्न संघीय शासन प्रणाली अनुकुल प्रदेशस्तरमा सूचना तथा प्रविधि सम्वन्धी आधारभूत पुर्वाधारको विकास तथा सूचना प्रविधिको महत्वलाई उजागर गर्न क्यान कास्कीले तयार गरेको संस्थागत अवधारण पेश गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री थापाले हरेक क्षेत्र र व्यक्तिसँग जोडिएको सू्चना प्रविधिलाई अगाडि बढाउन क्यान कास्कीसँग सहकार्य गर्ने बताए । क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेले आइटी सेवालाई राज्यले अति आवश्यक सेवा अन्तर्गत राखी सोही अनुरुपको सेवा सुविधा प्रदान नगरेकोमा गुनासो गरे ।

क्यान कास्की पूर्व अध्यक्ष चण्डी प्रसाद अर्यालले नेपाल सरकारले व्यवस्था गरेका सूचना प्रविधिका नीति नियम तथा सेवालाई गण्डकी प्रदेशले पनि कार्यान्वयन गर्दा आइसिटी क्षेत्रमा टेवा पुग्ने बताए ।

footwear zone

क्यान कास्कीका कार्यवहाक अध्यक्ष दुधमान गुरुङ ‘आशिष’को अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा क्यान कास्कीका सदस्य गोविन्द प्रसाद रिजालले अवधारण पत्र प्रस्तुत गरेका थिए भने कार्यक्रम संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष युवराज पौडेलले स्वागत मन्तब्य राखेका थिए भने  कार्यक्रम संचालन संस्थाका सचिव सेवक क्षितीजले गरेका थिए ।

You might also like

Comments are closed.