चितवन । कोभिड–१९ रोग विरुद्धको खोप अभियान अन्तर्गत चितवन अटोमोबाइल्स एसोसियसनको पहलमा चितवनका अटोमोवाइल व्यवसायीले कोरोना विरुद्धको खोप लगाएका छन् ।
पूर्वि चितवनको खैरहनी र पर्सामा बुधबार ६५ जना सदस्य र बिहिबार जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर चितवनमा २६० जना सदस्य गरि ३२५ जनाले खाप लगाएको बताइएको छ ।
खोप लगाएपछि व्यवसायीले सुरक्षित महसुस गरेको र व्यवसाय संचालन गर्न सहज हुने एसोसिएसनका अध्यक्ष अमृत जोशीले जानकारी दिए ।






Comments are closed.