काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गरेका थिए । बराल नयाँपत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख हुन् । अध्यक्षका प्रतिस्पर्धी आशीष ज्ञवालीले ८० र शिरोमणि ढुंगानाले ४८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुरेश आचार्यले जानकारी दिए ।
सदस्यमा अच्यूत पुरी, चेतबहादुर अधिकारी (सिबी), अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित भएका छन् ।

यसअघि शुक्रबार नै सम्पन्न बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । उद्घाटन सत्रमा सेजनका पूर्वअध्यक्ष, प्रतीक प्रधान, गोपाल तिवारी, गोकर्ण अवस्थीलगायतले आर्थिक पत्रकारिताको विकास र विस्तारका लागि सेजनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।




Comments are closed.