लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको स्थगित १३ औं महाधिवेशन असोज २ गते शनिवार हुने भएको छ । भदौ १८ र १९ गतेका लागि तोकिएको महाधिवेसन कोरोना त्रास र प्रशासनको आग्रहमा स्थगित भएको थियो ।
शुक्रबार बसेको कार्यसमिति बैठकले अनुरोध गरे बमोजिम निर्वाचन उपसमितिले निर्वाचनको लागि असोज २ गतेको मिति तय गरि सार्वजानिक गरेको हो ।
स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरि निर्वाचनको कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघको महोत्सव स्थल तालचोकमा विहान ७ बजेदेखि साझ ५ बजेसम्म हुने निर्वाचन आयुक्त हेमराज बरालले जानकारी दिए ।

यस अघि संघको निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्तादेखि नमुना मत पत्र समेत प्रकाशन भइसकेको छ । अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय सर्वसम्मत भइसकेका छन् ।




Comments are closed.