काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन ६ अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप ४१ खर्ब २९ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल ४१ खर्ब २३ अर्ब बराबर निक्षेप संकलन गरेका थिए ।
भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी ५५ अर्बले बढेको हो । वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म ३८ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन् । गत साउनसम्म बैंकहरूले कूल ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यस्तै, स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप चालीस खर्ब ९ अर्ब रहेको छ भने कर्जा रु ३६ खर्ब ६९ अर्ब रहेको छ । विदेशी मुद्रामा रु एक खर्ब २० अर्बको निक्षेप रहेको छ भने एक खर्ब ५० अर्ब बराबरको कर्जा रहेको छ ।




Comments are closed.