पोखरा । पोखराको न्युरोडमा रहेको लाइफ केयर डायग्नोष्टिक प्रा.लि.ले महिलाहरुको महान पर्व तीजको अवसरमा विशेष छुटको अफर ल्याएको छ । भदौ महिनाभर हुने गरी प्रा.लि.ले अफर ल्याएको हो । अफर अन्तर्गत मधुमेह परीक्षण निःशुल्क हुनेछ भने अन्य परीक्षण (मोलिकुलर बाहेक)मा ३० प्रतिशत छुट प्रदान गर्ने प्रवन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए । सम्पूर्ण महिलाहरुले यो छुट प्राप्त गर्न सक्नेछन् ।
‘महिलाहरुको महान पर्व तीजको अवसरमा ल्याइएको यो अफरले धेरै महिलाहरु लाभान्वित हुनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भने । लाइफ केयर डायग्नोष्टिक प्रा.लि. विषय विशेषज्ञ चिकित्सकको टोली सहित सेवा दिइरहेको गण्डकी प्रदेशकै ‘क’ वर्गको एक मात्र प्रयोगशाला हो । डायग्नोष्टिकले निजी स्तरबाट कोभिड १९ परीक्षण गर्न समेत नेपाल सरकारबाट स्वीकृत प्राप्त गरि सरल र सहज रुपमा सेवा प्रदान गरिरहेको छ । यहाँ कोभिड परीक्षण गरेको गरेको रिपोर्ट विदेश जानका लागि पनि मान्यता प्राप्त छ । विदेश जाने प्रयोजनका लागि कोभिड परीक्षण गर्नका लागि पासपोर्ट र फोटो लिएर आउनसमेत कँडेलले आग्रह गरे ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले समय समयमा छुटसम्बन्धी अफरहरु ल्याउने गरेको कँडेलले बताए । ‘स्वास्थ्य प्रयोगशाला परीक्षण सम्बन्धी उपलव्ध सेवाहरु सस्तो र सुलभ मूल्यमा गुणस्तरीय सेवा दिन हामी तयार छौं,’ उनले भने ।






Comments are closed.