काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी नेतृत्वका लागि डाक्टर केशव पौडेलले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । सम्पूर्ण एनआरएनएहरुको भावनालाई समेटेर आफूले महासचिव पदमा उम्मेदवारी दिन लागेको पौडेलले बताए ।
आगामी अक्टोबर १० मा एनआरएनएको अधिवेशन हुँदैछ । आफूले उम्मेदवारी घोषणा गरिसकेपछि संसाभरका एनआरएनएहरुबाट उत्साहजनक तथा सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउँदै पौडेलले एनआरएनएहरुको हकहितमा आफू सधैं लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सन् २०१३–२०१५ मा एनआरएनए अमेरिकाको सल्लाहकार भएर काम गरेका उनी २०१५–२०१७ र २०१७–२०१९ सम्म २ कार्यकाल उनी एनआरएनए अमेरिकाको अध्यक्ष भएर नेतृत्व प्रदान गरे । २०१९–२०२१ को बर्तमान कार्यकालमा उनी एनआरएनए अमेरिकाको प्रमुख संरक्षक छन् ।

त्रिभुवन विश्वविद्यालयबाट चिकित्साशास्त्रको अध्ययन पुरा गरेका पौडेलले विद्यार्थी हुँदादेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् । नेपालमा स्ववियु लगायतका संस्थामा काम गरेका उनले अमेरिकामा समेत मेडिकल सोसाइटी लगायत विभिन्न संघसंस्थामा आबद्ध हुँदै सामाजिक क्षेत्रमा आफूलाई सक्रिय बनाइराखेका छन् ।

एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा सबैको मत जित्दै राम्रो नेतृत्व प्रदान गरेकाले एनआरएनएको गत निर्वाचनमै उनलाई महासचिवका रुपमा हेरिएको थियो । उनले महासचिवमा उम्मेदवारी दिने घोषणा गरिसक्दा पनि त्याग गरेर उपाध्यक्षमा उम्मेदवारी दिन राजी भएका थिए । उपाध्यक्षमा उनी झिने मतले पराजीत भएका थिए ।




Comments are closed.