काठमाडौं । साथीमार्टको नयाँ आउटलेट काठमाडौंको मैतीदेवीमा सञ्चालनमा आएको छ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको साथीमार्टले देशभर आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ । देशका विभिन्न शहरमा फ्रेन्चाइ विस्तार गरिरहेको साथीमार्टले मैतीदेवीमा भने आफ्नै स्वामित्वमा शाखा सञ्चालनमा ल्याएको हो ।
मैतीदेवी शाखाको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । स्टोरमा ग्राहकले ३५ प्रतिशतसम्म छुट प्राप्त गर्ने संस्थापक प्रमुख कार्यकारी अधिकृत सागर पोखे्रलले जानकारी दिए । ‘ब्राण्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको थप विशेषता हो,’ उनले भने । साथी मार्टका आफ्नै उत्पादनहरु पनि मार्टमा विशेष छुटमा ग्राहकले खरिद गर्न सक्ने बताइएको छ ।
होम डेलिभरी, पिकअप, अफिलिएट समेतको सुविधा आउटलेटमा हुने पोखरेलले जानकारी दिए । करिब ८० लाख रुपैयाँमा लगानीमा सुरु भएको नयाँ आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिक्वयर बर्थडे गिफ्ट, तरकारी, फलफुल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध छन् ।






Comments are closed.