उठेन बक्यौता

 

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५० करोड रुपैयाँ हाराहारी बक्यौता उठ्न सकेको छैन । मूल्य अभिवद्धि कर र आयकर गरी ४९ करोड ६५ लाख बक्यौता उठ्न बाँकी रहेको हो ।

कार्यालयले दिएको जानकारीअनुसार मूल्य अभिवृद्धि करतर्फ २५ करोड ८१ लाख र आयकरतर्फ २३ करोड ८३ लाख बक्यौता रहेको छ । मूल्य अभिवृद्धिकरतर्फ तीन जना करदाताको १ करोड रुपैयाँभन्दा बढी बक्यौता छ ।

footwear zone

मूल्य अभिवृद्धि करतर्फ सी डब्लुएफ ग्लोबल जेभी, एनएन कोई विल्डर्स र इनाम आशिष जेभीको बक्यौता १ करोड रुपैयाँभन्दा माथि छ । आयकरतर्फ एनएन कोई विल्डर्स र जिल्ला सहकारी सङ्घको बक्यौता १ करोडभन्दा माथि छ ।

You might also like

Comments are closed.