८ करोड बेरुजु फछ्र्यौट

 

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७÷७८ मा आठ करोड ३ लाख ९८ हजार रुपैयाँ बेरुजु फछ्र्यौट गरेको छ । कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ ।

गत आवमा ८ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्र्यौटको लक्ष्य तोकिएको थियो । यसैगरी मूल्य अभिवृद्धि बक्यौतातर्फ ४ करोड ४६ लाख ५० हजार उठाउने लक्ष्य रहेकामा ५ करोड १ लाख ३६ हजार बक्यौता उठाई ११२ प्रतिशत उपलब्धि हासिल गरेको कार्यालय प्रमुख शालिकराम आचार्यले जानकारी दिए । कार्यालयले आव २०७७÷७८ मा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । लक्ष्यभन्दा रु ६० करोड बढी राजस्व सङ्कलन भएको हो ।

footwear zone

कार्यालयका अनुसार राजस्व सङ्कलन आव २०७६/७७ को तुलनामा २५ प्रतिशतले बढेको, आव २०७७÷७८ मा उक्त वर्षको लक्ष्य ५ अर्ब ३९ करोड ९४ लाख रहेकामा ५ अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन भएको छ । कार्यालयको करदाता सेवा शाखाका अनुसार उक्त आवमा थप चार हजार दुई सय ९१ व्यवसाय दर्ता भएकामा मूल्य अभिवृद्धिकरतर्फ ४ सय ४२ नयाँ व्यवसाय दर्ता भएकोे छ । उक्त आवमा थप ८ हजार तीन सय ३३ व्यक्तिगत स्थायी लेखा नम्बर जारी भएको कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.