पोखरा । पोखराको सिर्जनाचोकस्थित फेवामार्गमा मेट्रो सुपरस्टोर्स सञ्चालनमा आएको छ । युवा व्यवसायी कमला गिरीले सुपरस्टोर्स सञ्चालनमा ल्याएकी हुन् ।
बिगत एक दशकदेखि पर्यटन व्यवसायमा आबद्ध गिरीले सुपरस्टोर्समा लगानी गरेकी हुन् । दैनिक उपभोग्य बस्तुहरु खाद्यान्न र ग्रोसरीसहित लिक्वेर्स सपसमेत रहने गरी सुपरस्टोर्स सञ्चालनमा आएको गिरीले जानकारी दिइन् ।
१ हजार ५ सय स्वायर क्षेत्रफलमा सञ्चालनमा आएको सुपरस्टोर्समा गिरीले १ करोड ५० लाख भन्दा बढी लगानी गरेकी छन् । ‘आधुनिक मार्टको आवश्यकतालाई मध्यनजर गर्दै सुविधासम्पन्न स्टोर्स सञ्चालनमा ल्याएका छौं,’ उनले भनिन् । अर्डर गरेको सामान होमडेलिभरी समेत हुने गिरीले जानकारी दिइन् ।

जुम्लाको दाल, नेपालगञ्जको अडर र मुसुरोको दाल, दैलेखको बेसारलाई ल्याएर प्याकिङ गरेर सुपरस्टोर्सबाट बिक्री गरिरहेको गिरीले जानकारी दिइन् । ‘आगामी दिनमा अन्य उत्पादन पनि प्याकिङ गर्ने तयारीमा छौं,’ उनले भनिन्, ‘ग्राहकको सेवा सुविधामा सधैं ध्यान दिनेछौं ।’ सुपरस्टोर्समा अहिले ७ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

पर्यटन व्यवसायमा आबद्ध गिरीले फरक खालको व्यवसाय रोज्ने क्रममा सुपरस्टोर्स सञ्चालनमा ल्याएकी हुन् । ‘टुरिजम व्यवसाय सदावहार नहुने भएकाले पनि फरक खालको व्यवसाय रोजेकी हुँ,’ उनले भनिन् ।






Comments are closed.