‘बिजी बि रिसोर्ट’ पुनः सञ्चालनमा, ४० प्रतिशत छुट

पोखरा । कोरोना महामारीसँगै लगाइएको लकडाउन र निशेधाज्ञाका कारण बन्द अवस्थामा रहेको पोखरा लेकसाइडको बिजी बि रिसोर्ट पुनः सञ्चालनमा आएको छ । पुनः सञ्चालनमा आएको अवसरमा रिसोर्टले ४० प्रतिशत छुटको घोषणा गरेको छ ।

आन्तरिक पर्यटकलाई लक्षित गरी रिसोर्टका रुममा ४० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक योगेश भट्टराईले जानकारी दिए । फुड तथा बेभरेजमा २० प्रतिशतको छुटसमेत रहेको उनले बताए । ‘आन्तरिक पर्यटकलाई लक्षित गरी अफर ल्याइएको हो,’ उनले भने ।

पोखराको लेकसाइडमा रहेको बिजी बि क्याफेकै लगानीकर्ताहरुको लगानीमा बिजी बि रिसोर्ट सञ्चालनमा आएको हो । क्याफेको सफलतासँगै त्यसका सञ्चालकहरुले नयाँ प्रोजेक्ट सुरु गरेका हुन् ।  युवा व्यवसायीहरु योगेश भट्टराई, ज्याक तामाङ, सुनिलबहादुर भट्टराई, सरोज भट्टराई र वसन्त महतको संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

footwear zone

रिसोर्ट करिब ४ रोपनी जग्गामा निर्माण गरिएको छ । ३४ वटा रुमसहित सञ्चालनमा आएको रिसोर्टमा स्विमिङ पुल, सेमिनार हल, स्पा, साउना, स्टिम, बार तथा रेस्टुरेन्टको समेत सुविधा छ ।

रिसोर्टका सबै कोठाहरु साउण्ड प्रुप रहेको अध्यक्ष ज्याक तामाङले जानकारी दिए । ‘पर्यटकहरु पोखरामा रमाइलो तथा आराम गर्न आउँछन्,’ उनले भने, ‘बाहिरको होहल्ला कोठासम्म नपसोस् भनेर हामीले सबै कोठालाई साउण्ड प्रुप बनाएका हौं ।’ पोखरामा उदाहरण प्रस्तुत गर्नेगरी रिसोर्टका कोठालाई साउन्ड प्रुफ बनाइएको बताउँछन तामाङ । ‘साउण्ड प्रुफ गर्ने प्रविधि सस्तो समेत भएकाले यसलाई अन्य होटल तथा रिसोर्टले पनि अनुशरण गर्न आवश्यक छ,’ उनले भने ।

डिलक्स, सुपरडिलक्स, फेमिली र स्वीट रुम रिसोर्टमा उपलब्ध छन् । पुरानो वैदाम अथवा लेकसाइड झल्कने गरी रिसोर्टको संरचना निर्माण गरिएको छ । ‘पुरानो मौलिकतालाई आधुनिकताको फ्युजन गरी रिसोर्ट निर्माण गरिएको छ,’ उनले भने ।

रिसोर्टमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पूर्ण पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान हुने अर्का सञ्चालक सुनिलबहादुर भट्टराईले बताए ।

You might also like

Comments are closed.