काठमाडौं । कोरोना बीमा गरेका नागरिकले लामो समय भइसक्दा समेत भुक्तानी नपाएका कारण समस्यामा परेका छन् । अर्थमन्त्री शर्माका अनुसार हालसम्म रु ११ अर्ब बराबरको बीमा भुक्तानीका लागि दावी परेको छ ।
भुक्तानीका लागि रकम अभाव भएको भन्दै भुक्तानी दिन रोकिएको छ । कोरोना बीमा दाबी भुक्तानीको मात्रा ठूलो भएकाले सरकारलाई समस्या परेको उनले बताए ।
कोरोना बीमाको दायित्वअनुसार नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले रु तीन अर्ब ५० करोड बढी रकम बीमितलाई उपलब्ध गराएको भए पनि थप भुक्तानी हुन सकेको छैन ।

यस्तै, उनले सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन लागिएको जानकारी दिए । विद्युतीय सवारी साधनको बढावाका लागि नै मोटरसाइकलमा कर बढाइएको उल्लेख गरे ।




Comments are closed.