वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै केआइइसी

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्याथीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको केआइइसी प्रा.लि.ले वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । काठमाडौंको डिल्लीबजारमा प्रधान कार्यालय रहेको कम्पनीले १५ वर्ष पुरा भएर १६ वर्ष प्रवेशको अवसरमा साताव्यापी कार्यक्रम गर्न लागेको हो ।

सेम्टेम्बर १५ देखि २१ (भदौ २९ देखि असोज ५)सम्म कम्पनीको प्रधान कार्यालयमा साता व्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाइने कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले आर्थिक आवाजलाई जानकारी दिए । कार्यालयमा विद्यार्थीहरुलाई स्वागत गर्ने, गिफ्ट ह्याम्पर प्रदान गर्ने, विद्यार्थी, सञ्चालक र कर्मचारीबीच अन्तरक्रिया तथा छलफल गर्ने, विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्ने रिजालले जानकारी दिए ।

अष्ट्रेलिया, युके, युएसए, क्यानडा, न्युजिल्याण्ड, आयरल्याण्ड लगायतका देशमा जान चाहने विद्यार्थीलाई परामर्श, डकुमेन्टेसनमा सहयोग लगायतका सेवा केआइइसीले प्रदान गर्दै आइरहेको छ । सर्टिफाइड काउन्सिलरबाट परामर्श सेवा प्रदान गर्दै आइरहेको केआइइसीका अन्य शाखाहरु कंलकी, ललितपुर, पोखरा, बुटवल, चितवन, विगरगन्ज, बिराटनगर, इटहरी र बिर्तामोड छन् । अन्तर्राष्ट्रिय कार्यालय अष्ट्रेलियाको सिड्नीमा छ ।

footwear zone

वार्षिकोत्सवको अवसरमा एक सातासम्ममा आफूलाई पायक पर्ने दिनमा केआइसीको कार्यालयमा उपस्थित भएर सेवा लिन तथा विदेशको अध्ययनका सन्दर्भमा आवश्यक सम्पूर्ण जानकारी लिनका लागि रिजालले विद्यार्थी तथा अभिभावकमा आग्रह गरेका छन् ।

You might also like

Comments are closed.