नारायण अधिकारी/चितवन । लामो समय मर्मतको झन्झट नहुने, पानी सोस्ने र सुन्दरताका कारण पछिल्लो समय ‘मोज्याक’ टायलको प्रयोग बढेको छ । बजारमा उच्च भार क्षमताका मोज्याक आउन थालेपछि पार्किङ, सडक, सडक पेटी र खुला ठाउँमा यसको प्रयोग बढेको हो ।
भरतपुर महानगरपालिकाले छ मिटरभन्दा साँघुरा सडकमा मोज्याक टायल अनिवार्य गरेको छ । अन्य पालिकाले पनि साँघुरा सडकमा मोज्याक टायल लगाउन थालेका छन् । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख इञ्जीनियर रत्नप्रसाद लामिछाने महानगरले भारवहन क्षमता एम–२५ भन्दा माथि भएका टायल लगाउन सिफारिस गर्ने गरेको बताउछन् । ६ मिटरभन्दा साँघुरा सडक र पेटीमा मोज्याक टायल प्रयोग हुने गरेको उनको भनाइ छ ।
भारवहन क्षमतासँगै सुन्दर देखिने भएकाले मोज्याक टायलको प्रयोग बढेको उनि बताँउछन् । नेपाल गुणस्तर चिह्न प्राप्त उत्पादनलाई महानगरले प्रयोग गर्न स्वीकृत प्रदान गर्ने गरेको छ । यहाँको बजारमा एशियन कङ्क्रिटो प्रालिको उत्पादन अत्यधिक प्रयोग हुँदै आएको छ । महानगरपालिकाका वरिष्ठ इञ्जीनियर भरत आचार्य ढलान र कालोपत्र गर्दा पानी जमेर व्यवस्थापन गर्नुपर्ने भए पनि मोज्याक टायल लगाउँदा पानी सोस्ने भएकाले जमिनमा पानी छिर्ने र व्यवस्थापनमा सहज हुने बताउछन् ।

यसले वातावरण सन्तुलन कायम गर्न सहयोग पुग्ने उनको भनाइ छ । उनले भने, “ढलान र कालोपत्रमा पानीको निकास चाहिन्छ, मोज्याक लगाउँदा जमिनमा पानी ‘रिचार्ज’ हुने हुँदा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्छ ।” चितवन जस्तो भूमिगत पानी प्रयोग हुने ठाउँमा मोज्याक टायलको प्रयोग प्रभावकारी हुने उनको भनाइ छ । उनले भने, “स्वचालित मेसिनले बनाउने हुँदा प्रयोगशाला परीक्षण गर्नुपर्ने समस्यासमेत हुँदैन ।” हेर्दा आकर्षक देखिने र लामो समय टिकाउ हुने उनि बताँउछन् । स्थानीय उत्पादनहरु ढुङ्गा, गिट्टी, बालुवासमेतको प्रयोग हुने उनको भनाइ छ ।
निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव लामिछानेका अनुसार एम–२५ भन्दा माथि भारवहन क्षमता भएको एशियन कङ्क्रिटो मात्र जिल्लामा उपलब्ध भएकाले यहाँ यसको अत्यधिक उपयोग भएको छ । हालै मात्र जगदम्बाको उत्पादन पनि आउन थालेको आफूले सुनेको उनले बताए ।
नारायणगढको कृषि प्रवद्र्धन बजार विकास प्रालिको ठूलो भू–भागमा मोज्याक टायल लगाइएको छ । सो कम्पनीका प्रबन्ध निर्देशक धीरप्रसाद धितालले आफूहरुले २ करोडभन्दा बढी लगानी गरेर एशिएन कङ्क्रिटोको मोज्याक टायल लगाएको बताए । उनले भने, “ठूला–ठूला ट्रक भार बोकेर घुम्दा कालोपत्र भएको भए भत्किन्थ्यो होला, तर मोज्याक टायल केही भएको छैन ।” यससँगै सुन्दर बनेको र पानी सोसेका कारण सहज भएको उनि बताँउछन् ।
पूर्वी चितवनको रत्ननगरमा होटल स्टार ब्याङ्क्वेटमा पनि एशियन कङ्क्रिटो मोज्याक टायल लगाइएको छ । होटलका सञ्चालक भेषराज दुवाडी ढलान र कालोपत्रभन्दा मोज्याक टिकाउ तथा सुन्दर हुने हुँदा प्रयोग गरेको बताउछन् । विभिन्न डिजाइनका हुने हुँदा आकर्षक भएको उनले बताए ।
यहाँको बजारमा अत्यधिक मात्रामा एशियन कङ्क्रिटो प्रयोग हुँदै आएको छ । कम्पनीको आधिकारिक विक्रेता ओम सञ्जीवनी कङ्क्रिट कन्सर्नका प्रबन्ध निर्देशक निरञ्जन न्यौपाने गत एक वर्षमै १० करोडभन्दा बढीको मोज्याक टायल बिक्री गरेको बताउछन् । उनका अनुसार जिल्लाका सडक, सडकपेटी, मन्दिर, पार्टी प्यालेस, होटल परिसर, फनपार्क, बजार परिसर, अम्रेला स्ट्रिट, मदन भण्डारी पार्क गाँजीपुरलगायत ठाउँमा एशिएन कङक्रिटो प्रयोग भएको छ । नारायणी नदी किनार, कृषि प्रवद्र्धन बजार केन्द्र, देवीस्थान पार्क, भरतपुर अस्पताल, रत्ननगर अस्पताललगायत सरकारी र निजी क्षेत्रमा एशियन कङ्क्रिटो नै प्रयोग भएको न्यौपानेको भनाइ छ ।
बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा उक्त कम्पनी रहेको छ । सन् २०१७ मा कम्पनी स्थापना गरिएको हो । कम्पनीका उपाध्यक्ष श्यामल झा रु १५० करोड लगानी गरेर अत्याधुनिक प्रविधिको स्वचालित मेसिनबाट उत्पादन गरिएका कारण बजारमा यसको माग बढिरहेको बताउछन् । भारवहन क्षमता एम–३५ देखि एम–५५ सम्म रहेका कारण यसको माग बढी भएको झाको भनाइ छ । यही जर्मन प्रविधिको मेसिन भारतमा पनि दुईवटा मात्रै रहेको उनले जानकारी दिए । कोभिडका कारण भारततर्फ निर्यात रोकिएको जनाउँदै उनले सहज बनेसँगै भारतमा समेत निर्यात गर्ने योजना रहेको बताए । गत वर्षमात्रै कम्पनीले ५० करोडभन्दा बढीको उत्पादन बिक्री गरेको छ ।




Comments are closed.