१,७६० जना संक्रमित थपिए, १,२२० जना संक्रमण मुक्त

काठमाडौं । विगत २४ घण्टामा देशभर एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार १६ हजार ८४४ मा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बुधबार काठमाडौं उपत्यकामा ४९५ जनामा संक्रमण पुष्टि भएको छ । उनका अनुसार भक्तपुरमा ६३ जना, ललितपुरमा ७२ र काठमाडौं ३६० संक्रमित भेटिएका छन् । पछिल्लो पटक कूल परीक्षण गराएकामध्ये संक्रमित हुने दरमा पनि कमी आएको पौडेलले बताउनुभयो । गत साउनमा परीक्षण गराएकामध्ये २२ प्रतिशतमा संक्रमण हुने गरेकामा हाल आएर त्यो घटेको पाइएको उनको भनाइ छ । कूल परीक्षण गरिएकामध्ये १०.६ प्रतिशतमा संक्रमण देखिएको पौडेलले जानकारी दिए ।

यस्तै सक्रिय संक्रमित २६ हजार ३०३ छन् । पाँच हजारभन्दा बढी संक्रमित भएका जिल्ला ११ वटा छन् । यस्तै उनका अनुसार एक हजार २२० संक्रमण मुक्त भएका छन् । हालसम्म सात लाख ४३ हजार ५२६ संक्रमण मुक्त भएका छन् । नेपालमा संक्रमण मुक्त हुने दर ९५.२ प्रतिशत छ ।

footwear zone

यस्तै संक्रमणबाट विगत २४ घण्टामा सात जनाको ज्यान गएको छ । हालसम्म संक्रमणबाट १० हजार ९९१ को मृत्यु भएको छ । नेपालमा प्रति लाखमा ३७० को संक्रमणको कारणले मृत्यु हुने गरेको छ । यस्तै ४०७ सघन उपचार कक्ष (आइसियु), १२९ जना भेन्टिलेटर, २४ हजार ६८३ जना होम आइसोलेशन, एक हजार ६२४ जना संस्थागत आइसोलेशन र २१८ जना क्वारेन्टिनमा छन् ।

यसैगरी आज २९ लाख ९१ हजार १३१ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ६० लाख चार हजार १९ ले पहिलो मात्रा र ५४ लाख १५ हजार ४२७ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

You might also like

Comments are closed.