पोखरा । प्रतिष्ठित व्यावसायिक घराना कर्माचार्य ग्रुपका सञ्चालक विक्रम कर्माचार्यले लेखनाथ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा कार्यसमिति सदस्यमा उम्मेदवारी प्रस्तुत गरेका छन् । संघको १३औं महाधिवेशन अन्तर्गत असोज २ गते शनिबार निर्वाचन कार्यक्रम छ ।
२ पटकसम्म कार्यसमिति सदस्य भइसकेका कर्माचार्यले आगामी महाधिवेशनमा समेत सोही पदमा आफूलाई प्रस्तुत गरेका छन् । कोषाध्यक्षका आकांक्षी रहेपनि उनले धेरैले आकांक्षा देखाएपछि त्याग गर्दै कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका हुन् । संघका सम्पूर्ण सदस्यहरुको अमूल्य मत आफूले पाउनेमा विश्वस्त रहेको कर्माचार्यले बताए । समग्र लेखनाथ क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासका क्षेत्रमा तथा उद्योगी, व्यवसायीको हकहितमा आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
कर्माचार्य ब्रदर्श, कर्माचार्य बेक्स एण्ड फुड्स प्रा.लि., कर्माचार्य इन्टरनेशनल प्रा.लि., गण्डकी आयल मिल (कोशेली तोरीको तेल), फिस्टेल डेरी प्रा.लि., गण्डकी फुटवयर ई. प्रा.लि. लगायतमा उनको व्यावसायिक संलग्नता छ ।

नेपाल विस्कुट उत्पादक संघका केन्द्रीय महासचिवसमेत रहेका कर्माचार्य नेपाली युवा उद्यमी मञ्चका सदस्यसमेत हुन् ।





Comments are closed.