नेपाल बंगलादेश बैंककोे १० औं विस्तारित सेवा केन्द्र हेटौंडा सिमेन्ट उद्योगमा

काठमाडौं ।
नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालीका ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लि. को हाताभित्र आफ्नो १० औ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरेका हुन् ।

। हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योग लि.लाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तिय पहुँच पु¥याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु¥याउने उदेश्यका साथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ प्रणाली मार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जनाएको छ ।

footwear zone

“सबैका लागि बैंक” भन्ने मूल नारा सहित स्थापनाको २७ औँ वर्ष पूरा गरेको बैंकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ATM बाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.