कान्तिपुर डेण्टल हस्पिटलले ल्यायो दशैं तिहार अफर

 

पोखरा । गण्डकी प्रदेशकै पहिलो डेण्टल हस्पिटल कान्तिपुर डेण्टल हस्पिटलले नेपालीहरुको महान चाड दशैं तिहारको अवसरमा विशेष अफर घोषणा गरेको छ । “महान पर्वमा महान अवसर”को घोषणा गर्दै कान्तिपुर डेण्टल हस्पिटलले विभिन्न उपचारमा विशेष छुट कार्यक्रम ल्याएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले बताएका छन् ।

विगत दुई दशकदेखि मुख तथा दन्त स्वास्थ्य सेवामा आफ्नो छुट्टै पहिचान बनाएको कान्तिपुर डेण्टल हस्पिटलले असोज १ गते देखि कार्तिक ३० गते सम्मको लागि दुई महिने स्पेशल अफर घोषणा गरेको हो । जसमा दाँत सफा गर्ने उपचारमा १५ सयको सेवा लाई १ हजार छुट गरी ५ सयमा, मुखको ठूलो एक्सरे रु. ८ सय ५० मा, नमिलेका खप्टिएका र छिद्र दाँतलाई तार बाँधेर मिलाउने उपचारमा एकमुष्ट ५ हजार छुट दिने जनाएको छ ।

footwear zone

यस्तै नाम दर्ता, चिकित्सक परामर्श, दाँत सफा गर्ने, मुखको एक्सरे गर्ने कम्बो प्याकेज सेवा २ हजार ८ सय ५० रुपैयाँमा १ हजार २ सय छुट गरेर १ हजार ६ सय पचासमा सेवा दिने घोषणा गरेको छ । नयाँ तथा पुराना दुवै सेवाग्राहीले यो सेवाबाट लाभ लिन सकिने हस्पिटलले बताएको छ ।

You might also like

Comments are closed.