पोखरा महानगरपालिका सहकारी संघ लि.को अध्यक्षमा बलराम गौतम

पोखरा । पोखरा महानगरपालिका सहकारी संघ लि को प्राराम्भिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बलराम गौतमको अध्यक्षतामा ४ बर्षे कार्यकालको लागि नयाँ संचालक समिति चयन गरेको छ ।

संचालक समितिको बरिष्ठ उपाध्यक्ष लिलाधर बराल, उपाध्यक्ष लक्ष्मण प्रसाद कोईराला, महासचिव गणेश श्रेष्ठ, सचिब उमराज बास्तोला, कोषाध्यक्ष पबित्रा पौडेल ,सदस्यहरु प्रकाश भुजेल, कमल बहादुर बस्नेत ,शारदा गिरि, सीता सुवेदी, दुर्गा बस्नेत ,बिष्णु प्रसाद लामिछाने ,कृष्ण कला के सी  निर्बिरोध निर्वाचित  भएका छन् । त्यसैगरि लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक लक्ष्मी प्रसाद त्रिपाठी र सदस्य हरु लक्ष्मी नारायण श्रेष्ठ ,यशोदा देबि गुरुङ  चयन भएका छन् ।

पोखरा महानगर सहकारी समिति का अध्यक्ष तेजनारायण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेफ्स्कुन केन्द्रिय संचालक कमलादेवी गिरि, नेफ्स्कुन पुर्व संचालक भिम गुरुङ , उपभोक्ता सहकारी संघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, बचत संघ कास्कीका पुर्व कोषाध्यक्ष नारायण प्रसाद आचार्य, उपाध्यक्ष श्रीकान्त ढुङ्गाना , चेम्बरकर्मी गिता तिवारी गौतम, कृषि सहकारी संघ कास्कीका सचिव अनिल सुबेदी लगायत सहभागी थिए ।

footwear zone

सृजना विकास केन्द्रको भवनमा संस्थाको कार्यालय स्थापना गरिएको र कार्यालय उद्घाटन पनि सम्पन्न भएको अध्यक्ष बलराम गौतमले जानकारी दिए ।

You might also like

Comments are closed.