मुगु । नेपालको सबैभन्दा ठूलो ताल रारा आउने पर्यटकलाई लक्षित गरी राराको मुर्मा टपमा ‘रारा ईको रिसोर्ट’ बन्न लागेको छ । रारा ईको रिसोर्ट प्रा.लि.को निर्माण कार्य सुरु भइसकेको सञ्चालक देविकृष्ण रोकायाले जानकारी दिए । झण्डकै डेढ करोड लगानीमा रिसोर्ट बन्न लागेको उनले बताए ।
अहिले राराको मुर्मा टपमा रारा पुग्ने पर्यटकहरुको संख्यामा करिव ९० प्रतिशत पर्यटकहरु मुर्माटप पुग्ने गरेका छन् । यदि रारा पुगेर मुर्माटप नपुगेपछि रारा यात्रा पर्यटकहरुको लागि अधुरो हुने र त्यहाँ बस्नका लागि सुविधा सम्पन्न रिसोर्टको महसुस गरी लगानी गरेको उनले बताए । ‘अहिले मुर्मा टपमा दैनिक सयौंको संख्यामा पुग्ने पर्यटकहरुलाई खाजा, खाना, बास र पानीको समस्या छ । अब त्यो समस्या हट्नेछ,’ उनले भने, ‘राराको मुर्माटपमा रिर्सोट बनेपछि पर्यटकहरुलाई खान र वस्नको लागि सहज हुनेछ ।’
रिसोर्ट बनेपछि रारामा पर्यटकको बसाईं अबधि लम्व्याउन सकिने रोकायको विश्वास छ । रारा ईको रिसोर्ट राराकै सुविधा सम्पन्न रिसोर्ट हुने रोकायाले दावी गरे । मुर्मा टपमा बन्न लागेको रारा ईको रिर्सोटबाट रारा तालको पुरै दृश्य अवलोकन गर्न सकिन्छ । छायाँनाथ, चुचेमारा, मुर्मा गाउँ ऋमोक्ष, चंखेली, कान्जिरोवा, कोइकी हिमाल र विहानको राराको सनराइज हेर्न सकिने गरी रिसोर्टको डिजाइन गरिएको उनले बताए ।

रारा तालको किनारबाट खत्याडखोला जानेबाटोतर्फ करिव ८०० मिटर पर माजघट्टमा २०७५ सालबाट रारा मुर्मा होमस्टे संचालन गर्दै आएका रोकायाले होमस्टेमा दिनमा करिव ५० देखि १०० जना पर्यटकहरुलाई सेवा दिदै आएका छन् । उक्त रारा मुर्मा होमस्टेमा पनि रारा ईको रिर्सोटले करिब ३ रोपनीको जग्गामा थप लगानी बढाएर २० कोठाहरुको नयाँ भवन निर्माण हुने रोकाया बताउँछन् ।
अहिले १० रोपनी जग्गामा बन्ने रारा इको रिसोर्ट स्थानीय काठ, माटो र ढुङ्गाको प्रयोगमा बनाइने बताइएको छ । रिसोर्टमा तत्काल २० कोठाहरु बन्नेछन् । पर्यटकहरुको चाप अनुसार निकट भविश्यमा थप कोठाहरुको संख्यामा बृद्धि गरिने रोकायाले जानकारी दिए । रारा ईको रिसोर्ट र होमस्टेको स्तर वृद्धिसंगै अब दिनमा करिब २ सयदेखि ३ सय जना पर्यटकहरुले सेवा लिन पाउने उनले बताए । ‘रिसोर्टमा आउने पर्यटकलाई स्थानीय अर्गानिक खानाका परिकारहरुको स्वाद चखाउनेछौं,’ उनले भने, ‘पूर्ण पारिवारिक वातावरणमा सेवा प्रदान गर्नेछौैं ।’
कर्णालीका यूवा पर्यटन व्यवसायी देबिकृष्ण रोकायाले कर्णाली र रारा क्षेत्रलाई लक्षित गर्दै रारा एड्भेन्चर ट्राभल्ससमेत सञ्चालन गरिरहेका छन् । रारा एड्भेन्चर प्रा.लि.ले देशको जुनसुकै ठाउँबाट रारा घुम्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थलमार्ग र हवाई मार्गबाट रारा टुर प्याकेज सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिए ।
रारा तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । पर्यटकको आकर्षण बढेसँगै त्यस क्षेत्रमा लगानीकर्ताहरुसमेत आकर्षित भएका छन् ।





Comments are closed.