रिलायन्स फाइनान्स र लायन्स युनाइटेड सेन्ट्रलको आयोजनामा रक्तदान

काठमाडौं । रिलायन्स फाईनान्स र लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल को सयुक्तआयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा अन्य क्लबहरु पनि सहभागि थिए ।

रगत अभावलाई कम गर्न सहयोग गर्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको रिलायन्स फाइनान्स कम्पनीका सिइओ अनिल श्रेष्ठले बताए । सो कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको र हरेक ३ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्ने क्लबका अध्यक्ष रोशनकुमार श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै नेपालकै उच्च रक्तदाता प्रेमसागर कर्माचार्यले फाइनान्स र क्लबदे उत्कृष्ट काम गरेकोमा प्रसंसा गरे । कार्यक्रममा अटो नेपालका एमडि भूषण कुमार श्रेष्ठ लगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती थियो ।

footwear zone

 

You might also like

Comments are closed.