शाओमी नेपालद्वारा अल राउन्ड सुपरस्टार रेडमी १० प्राइम लन्च

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लीडरले आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइम को साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ । अपेक्षा गरेको भन्दा बढी प्रदर्शन प्रदान गर्ने रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ । यसले प्रभावशाली ९० हट्र्जको ६.५ इन्चको एफएचडी + एडप्टिभ सिन्क डिस्प्लेको प्रस्तुत गर्दछ । पातलो डिजाइनको साथमा यो शक्तिशाली ६००० एमएएचको दुई दिने ब्याट्रीको साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “विगत सात बर्षदेखि रेडमीले लगातार प्रवृक्तिहरु सेट गरी रहेको छ र आफ्नो स्मार्टफोनको साथमा उद्योगको बेन्चमार्कलाई पार गरेको छ । रेडमी प्रति रहेको ग्राहकहरुको विश्वासले टीमलाई इनोभेसनको मामिलामा उच्च मापदण्ड सेट गर्न सहयोग पुर्याएको छ र रेडमी सिरिजलाई देशकै सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन सिरिज मध्येको एक हुन सफल बनाएको छ । रेडमी १० प्राइमको लन्च संगै, हामीले अल–राउन्ड सुपरस्टार ल्याइ रहेका छौं जसले प्रयोगकर्ताहरुको लागि क्यामेरामा ल्याइएको सुधार, उच्च रिजोलुशन डिस्प्ले, उच्च प्रदर्शन, र पावर प्याक ब्याट्री लाइफ सुधारका साथ रेडमी नोट १० सिरिज र रेडमी सिरिजलाई साथ ल्याउन गर्न मद्दत गर्दछ ।।”

रेडमी १० प्राइमले ५० मेगापिक्सेल अल्ट्रा हाई रिजोलुसनको मेन क्यामेरालाई प्रस्तुत गर्दछ जसले तारकीय विवरण सहित अद्भुत कन्टेन्टलाई कैद गर्दछ । ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ रेडमी १० प्राइमले प्रयोगकर्ताहरुलाई सबै पल कैद गर्नको लागि स्वतन्त्रता प्रदान गर्दछ । नाइट मोड वा प्रो कलर मोडका साथ प्रयोगकर्ताहरुले ब्राइटनेसलाई बढाउन सक्नुहुन्छ र फोटोलाई अधिक रंगीन बनाउनको लागी थोरै स्याचुरेसनलाई बढाउन सक्नुहुन्छ ।
रेडमी १० प्राइममा एक ठूलो ६.५ इन्चको फुल एचडी+ डिस्प्ले रहेको छ जसले सिमलेस स्व्रmोलिंग र आँखालाई मोहित बनाउने दृश्य प्रदान गर्नको लागि ९०हट्र्जको रिफ्रेस रेट प्रस्तुत गर्दछ । एडप्टिभ सिन्क टेक्नोलोजी सँग जोडीएको, रेडमी १० प्राइमले कन्टेन्ट फ्रेम रेटको पहिचान गर्दछ र कन्टेंट फ्रेम संग मिल्ने डिस्प्ले रिफ्रेश रेटलाई परिवर्तन गर्दछ ।

footwear zone

रेडमी १० प्राइमले १२ न्यानोमिटरको प्रोसेस टेक्नोलोजीमा निर्मित मिडियाटेक हेलियो जी ८८ को डेब्यु गरेको छ ।
प्रोसेसर हाइपरइन्जिन गेम टेक्नोलोजी २.० का साथ उपलब्ध छ । यस टेक्नोलोजी फ्ल्युड गेमिंग एक्सपेरियन्सकोे लागी स्मुथ गेमप्ले संग लगातार प्रदर्शन प्रदान गरेर गेमिंग अनुभवको बढावाको लागी डिजाइन गरीएको हो ।

सफ्टवेयरमा, समग्र प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्दै यो स्मार्टफोन अहिले सम्मकै ःक्ष्ग्क्ष्को राम्रो संस्करण– सबैभन्दा छिटो, सफा र स्मार्ट रहेको सफ्टवेयर ःक्ष्ग्क्ष्स्१२.५ को साथमा उपलब्ध रहेको छ ।

नयाँ इभोलको डिजाइनलाई कायम राख्दै, रेडमी १० प्राइमले एक परिष्कृत नयाँ रूप प्रदान गर्दछ र एक प्रीमियम इन–ह्यान्ड फिल प्रदान गर्दछ । स्मार्टफोन मात्र १९२ ग्रामको रहेको छ र प्रयोग गर्न र मा खल्तीमा बोक्नको लागी अति सहज रहेको छ । रोमाञ्चक नयाँ डिजाइन जस्तै, यो ३ वटा आकर्षक रंगहरुमा उपलब्ध छ – एलिगेन्ट बन्चको लागि फ्यान्टम ब्ल्याक, मिनिमलिस्टको लागि एस्ट्रल व्हाइट र विशेष रंग चाहने प्रयोगकर्ताहरुको लागी बिफ्रोस्ट ब्लू ।

४जीबी+६४जीबी (१जीबीले बिढाउन सकिने र्याम) नेपाली २० हजार ९ सय ९९ रुपैयाँ र ६ जीबी+१२८ जीबी र्याम (२ जीबीले बढाउन सकिने र्याम) नेपाली २३ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको छ ।

You might also like

Comments are closed.