बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यको रु आठ करोड बराबरको प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले आठ लाख कित्ता बराबरको साधारण शेयर जारी गर्ने लागेको हो ।

निष्कासन गरिने आठ लाख कित्तामध्ये पाँच प्रतिशतअर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने दुई प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ । कम्पनीले बाँकी सात लाख ४४ हजार कित्ता साधारण शेयर आगामी असोज ११ गतेबाट निष्कासन गर्न लागेको हो ।

footwear zone

कम्पनीले सार्वजनिक गरेको विवरण पत्रअनुसार आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । सर्वसाधारणले यो शेयरमा असोज १४ गतेसम्ममा आवेदन दिनुपर्ने हुन्छ । सो अवधिमा पूरा आवेदन नपरे असोज २५ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले आफ्नो जारी पुँजी रु ४० करोड रकम बराबरको प्रतिसाधारण शेयर रु १०० अंकित दरले हुने ४० लाख कित्ता शेयरमध्ये ३० प्रतिशत (रु १२ करोड) बराबरको १२ लाख कित्ता शेयर सार्वजनिक निष्कासनको निमित्त छुट्याएको थियो । जसमा स्थानीयको लागि आवेदन गर्न जारी पुँजीको १० प्रतिशतले हुने चार लाख कित्ता शेयर गत साउन ३२ गतेदेखि भदौ १५ सम्म खुलाएको थियो ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकामा जलविद्युत् उत्पादन केन्द्र रहेको कम्पनीले चार दशमलव ९९ मेगावाट क्षमताको आयोजना विकास गरिरहेको छ । यसमा प्रतिमेगावाट लागत रु २३ करोड ८० लाख हुने कम्पनीले जनाएको छ ।

सर्वसाधारणलाई निष्कासन गरिने शेयरका लागि क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गराउदा इक्रा नेपालले कम्पनीलाई माइनस बीबी ग्रेडिङ प्रदान गरेको छ । जसअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व पूरा गर्नसक्ने सम्बन्धमा मध्यम रहेको बुझिन्छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

You might also like

Comments are closed.