धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

 

काठमाडौं । धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले छानबिन गरेको थियो ।

संस्थाका कर्मचारी र मिल सञ्चालकको मिलेमतोमा खरिद निर्देशिका विपरीत रु ९७ लाख दुई हजार ७८४ बराबरको हानी नोक्सानी गरेको आयोगको अनुसन्धानमा पाइएको छ । आयोगले कार्यालय प्रमुख गङ्गाप्रसाद साह र लेखा प्रमुख सुनिताकुमारी यादव विरुद्ध बिगो अनुसारकै कारवाही र कैद सजायको माग गरेको छ ।

footwear zone

निलकमल सेलर मिलका सञ्चालक अशोककुमार अग्रवाल विरुद्ध रु सात लाख ५१ हजार १५३ र गिरधारी खाद्य उद्योगका सञ्चालक लालुप्रसाद अग्रवाल विरुद्ध रु ५८ लाख ७५ हजार ६१२ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । त्यस्तै आयोगले दाङ राजापुर गाँउपालिकाको सल्लेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष दीपक घर्ती, कोषाध्यक्ष पूर्णबहादुर घर्ती र सचिव निमा चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले गैरकानूनीरूपमा रु चार लाख ५२ हजार २६५ बराबरको स्रोतको दुरुपयोग गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

You might also like

Comments are closed.