साथीमार्टले संस्थापक शेयर बिक्री बन्द गर्दै

काठमाडौं । आई.पि.ओ. लिस्टिङको लक्ष्य लिएर हिडेको साथीमार्टले हाल २५ करोड चुक्ता पुजी बनाउने लक्ष्य राखेकोमा ८० प्रतिशत भन्दा बढी शेयर बिक्री भइसकेकाले अब सिमित आन्तरिक शेयर लिएर संस्थापक शेयर बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।

पहिलो बर्षबाटै राम्रो बोनस बाढ्ने योजना कम्पनीको रहेको साथीमार्ट इनकर्पोरिट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए । साथीमार्ट नेपालकै रिटेल इतिहासमा सबैभन्दा छिटो नेपालभरी बिस्तार हुने कम्पनीमा पर्छ ।

रिटेल चेन एफिलिएट अनलाइन सपिङ उत्पादन साथीमार्टका मुख्य व्याबसायिक योजना रहेका छन् । गत बर्ष बिक्रीमा ३०० प्रतिशत भन्दा बढी ग्रोथ भएको र आगामी आर्थिक बर्षमा ७००—८०० प्रतिशत ग्रोथ रेट राखिएको छ । आन्तरिक संस्थापक शेयर बन्द गरी केही समय पछी कर्पोरेट लगानी मार्फत १ अर्बको पुजी पुर्याई आई.पि.ओ.मा लिस्टिङ प्रकृया अघि बढाउने कम्पनीले जनाएको छ ।

footwear zone

सुरु भएको एक बर्ष नपुग्दै मेची देखि महाकालीसम्म ६ दर्जन बढी आउटलेट साथीमार्टले खोलिसकेको छ । हाल स्टोर र कम्पनीमा ४ सय भन्दा बढी व्यक्तिहरू रोजगार छन भने अप्रत्यक्ष ३ हजार भन्दा बढी रोजगारी सृजना गरेको पोख्रेलको भनाइ छ । कम्पनीले विभिन्न खाद्यान्न बस्तुहरू चिया, कफी, दाल, चामल, ध्यु, पिठो, ड्राईफुड, अचार, साबुन, स्याम्पु, हेडवास जस्ता फुड र ननफुड गरी २ सय भन्दा बढी बस्तुहरू आफै उत्पादन गर्ने चरणमा रहेको बताइएको छ ।

You might also like

Comments are closed.